अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार « Khabarhub

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ । 

सोमबार सरकारको आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले उक्त आवास निर्माण गरी वितरण गर्न २० करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

सरकारले प्रशासनिक पुनर्संरचनाद्वारा मन्त्रालय/निकायहरू घटाइएको भन्दै उनले प्रदेशको चालु खर्चमा ११ प्रतिशतले बचत हुने अनुमान गरिएको जानकारी दिए । प्रदेश सरकारको एकीकृत प्रशासनिक भवन, प्रदेशसभा भवन तथा आवास निर्माणका लागि ५६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

मन्त्री तामाङका अनुसार मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत युवा स्वरोजगार, उद्यमशीलता, प्रादेशिक स्टिम/आइटी विद्यालय, विद्यार्थी ह्याकाथन र स्मार्ट शिक्षा आइटी स्किल फेलोसिपका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

युवा स्वरोजगार ब्याज अनुदान कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्केका दक्ष जनशक्ति, घरेलु र आइटी उद्यमीहरूलाई कर्जामा ब्याज अनुदान दिन रु २० करोड विनियोजन गरिएको उनले बताए । 

प्रदेश गौरवका आयोजनाका रूपमा हेटौँडामा प्रदेश राजधानी चक्रपथ, गौरीटार रङ्गशाला, आरोग्य केन्द्र र एकीकृत प्रदेश प्रशासकीय भवनलाई अघि बढाइने बजेटमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १२ : १८ बजे

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित