फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा « Khabarhub

फ्लेभर्स अफ थाइल्याण्ड : थाई परिकार अब काठमाडौं मेरियट होटेलमा


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेरियट होटेलले थाई परिकारको स्वाद अब राजधानी काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित ‘फ्लेभर्स अफ थाइल्याण्ड’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ । 

एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन १५ देखि २५ तारिखसम्म हरेक दिन दिउँसो १ बजेदेखि सञ्चालन हुनेछ । फेस्टिभलको पहिलो दिन सञ्चारकर्मी एवम् चर्चित कन्टेन्ट क्रिएटरहरू-किछी भ्लग्स, रोनित श्रेष्ठ, ब्लर डायट र फूडेलिसियसएनपीलाई बोलाएर ‘फ्लेभर्स अफ थाइल्याण्ड’ को विशेष अनुभव गराइएको थियो ।

यस फेस्टिभलको मुख्य आकर्षणका रूपमा सेफ ओन नामले परिचित मेरियट नर्थ पटायाका चर्चित सेफ नत्तावुद रुएङ्सामुत रहेका छन् । थाई, क्यान्टोनिज, इटालियन, फ्रेन्च, जापानीज तथा आधुनिक एसियन फ्युजन खानामा १९ वर्षभन्दा लामो अनुभव हासिल गरेका सेफ ओनले आफ्नो सिर्जनात्मकता र उत्कृष्ट कलिनरी मार्फत अतिथिहरूलाई गुणस्तरीय र प्रामाणिक स्वाद प्रदान गरिरहेका छन् ।

फेस्टिभलमा प्रस्तुत मेनुले थाई खानाको परिचित र लोकप्रिय स्वादलाई समेटेको छ । उपस्थितलहरुले सी फुड स्टार्टरदेखि रिच करी र सुगन्धित राईसका परिकारसम्म, विविध स्वादको अनुभव लिन सक्नेछन् । प्ला साल्मन, लब्सटर, टम यम र पाड क्रा पाओ जस्ता विशेष परिकारहरू ताजा हर्ब्स र मसालाको प्रयोगबाट तयार गरिएका छन् । 

‘फ्लेभर्स अफ थाइल्याण्ड’ ले थाइल्याण्डको जीवन्त सडक संस्कृति र समृद्ध कलिनरी परम्परालाई काठमाडौंमै ल्याउने प्रयास गरेको छ।  

होटलले सम्पूर्ण पाहुनाहरूलाई सीमित अवधिका लागि आयोजना गरिएको यस विशेष कलिनरी यात्रामा सहभागी भई थाइल्याण्डको मौलिक स्वाद अनुभव गर्न हार्दिक आमन्त्रण गरेको छ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १ : ३८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको