८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी « Khabarhub

८० प्रतिशत नेपाली फिल्म हेर्नु भनेको त टाउको दुखाउनु हो: दीपकराज गिरी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा स्तरीय फिल्म निर्माण हुँदैनन् भन्ने बहस लामो समयदेखि भइरहेको छ । ५० वर्ष लामो नेपाली फिल्मको इतिहासमा निर्माण भएका फिल्म कसैलाई सिफारिस गर्नुपर्ने अवस्था आयो भने अनकनाउनुपर्ने अवस्था छ ।

त्यसो त नेपालमा कस्ता फिल्म हिट हुन्छन् भन्ने नै अझै अलमल छ । पछिल्लो समय बजारलाई केलाउने हो भने धेरैजसो कमेडी फिल्मले लगानी उठाएका छन् । केही लभस्टोरी फिल्मले पनि राम्रै कमाइ गरेका छन् ।

केही फिल्म चले पनि धेरैजसो फिल्म बक्स अफिलसमा असफल हुने गर्छन् ।‍ यसै कारण पनि दर्शक नेपाली फिल्मप्रति भड्किएका छन् ।

अभिनेता दीपकराज गिरीले नेपालमा बन्ने ८० प्रतिशत फिल्म हेर्नु भनेको टाउको दुखाउनु भएको बताएका छन् । खबरहबसँगको कुराकानीमा गिरीले भने, ‘हप्तैपिच्छे रिलिज हुने नेपालका अधिकांश फिल्म हेर्नु भनेको टाउको दुखाउनु नै हो ।’

उनले नेपाली फिल्म थप मेहनत गरेर दर्शकलाई मन पर्ने खालको बनाउनुपर्ने धारणा राखे । नेपाली फिल्म स्तरीय बनाउन सकियो भने विदेशी फिल्मको बजार विस्तारै कम हुँदै जाने उनको भनाइ थियो ।

पछिल्लो समय दीपकराज गिरीलाई फिल्म ‘छ माया छपक्कै’ मा शीर्ष भूमिकामा देखिएको थियो । फिल्ममा उनले युवा कार्यकर्ताको भूमिका निभाएका थिए । दीपेन्द्र लामाले निर्देशन गरेको यो फिल्मले दर्शकको साथ पाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  १ : १७ बजे

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

आज २०८३ साल जेठ २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २७ गते बुधबार अधिक जेठ

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको