चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा « Khabarhub

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि  चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् । 

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् । 

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताए ।

नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएका छन् । 

उनले विकल्पमा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदिन पराजुलीले सरकारसँग माग गरे । 

चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक एक अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ४ : १६ बजे

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन