पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार « Khabarhub

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट पनि उपलब्ध हुने भएको छ ।

निजामती कर्मचारी अस्पतालसँग भएको सम्झौतापछि निजामती कर्मचारी तथा उनीहरूका परिवारले पोखरामा निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।

‘स्वास्थ्य उपपचारका सम्बन्धमा निजामती अस्पतालसँग एक साताअघि सम्झौता भएको थियो । त्यसपछि केही व्यवस्थापनको काम बाँकी सकेर अहिले सेवा दिन सुरु गरेका छौँ’, सूचना अधिकारी अर्यालले भने ।

यस व्यवस्थाअनुसार निजामती कर्मचारी र उनीहरूका परिवारले ओपिडी, भर्ना, प्रयोगशाला परीक्षण, शल्यक्रिया तथा अस्पताल उपलध रहेका सबै सेवा निजामती कर्मचारी अस्पतालले निर्धारण गरेअनुसारका सुविधा र सहुलियत प्राप्त गर्नेछन् । सहुलियत उपचार कार्ड प्राप्त गरेका लाभग्राहीले उपचार सुविधा लिन सक्ने बताइन्छ ।

सेवा लिनका लागि निजामती कर्मचारी अस्पतालले जारी गरेको उपचार सहुलियत परिचयपत्रको सक्कल प्रति, हाल कार्यरत कार्यालयको परिचयपत्र तथा सेवा निवृत्त कर्मचारीका हकमा पेन्सन पट्टाको प्रतिलिपि पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

सेवा विस्तारसँगै गण्डकी प्रदेश तथा आसपासका जिल्लाका निजामती कर्मचारी र उनीहरूका परिवारले काठमाडौँ जानुपर्ने बाध्यता कम हुने तथा सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नसक्ने विश्वास गरिएको छ ।

काठमाडौँ उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै सरकारले सिभिल अस्पतालको स्वास्थ्य सेवा पुर्‍याउने निर्णय गरेर अस्पतालहरुसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : १४ बजे

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस