विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने « Khabarhub

विश्व (एआई) सम्मेलन २०२६ चीनमा हुने


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनको साङ्घाईमा आगामी जुलाईमा  विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् ।

चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआई सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताएका छन् ।

एआईले मानवको भविष्यमा ठुलो असर पार्ने बताउँदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताए । चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआईके युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ । 

उनले चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जन–केन्द्रित एआइ  पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ । 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ४ : ३५ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी