पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने « Khabarhub

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने


३ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको समन्वयमा ३० जना इरानी नागरिकको स्वदेश फिर्ती प्रक्रियामा सहजीकरण गर्ने भएको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले बुधबार सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार स्वदेश फर्काइने समूहमा बेलायती जहाज ‘एमएमए भ्यालोर’ले समुद्रबाट उद्धार गरेका आठ इरानी मछुवा तथा हालै अमेरिकी अधिकारीले नियन्त्रणमा लिएको ‘लेनोर÷डेभिना’ नामक जहाजका २२ इरानी चालक दलका सदस्य रहेका छन् ।

ती दुवै समूह आगामी केही दिनभित्र कराँची हुँदै इरान फर्कने अपेक्षा गरिएको दारले बताएका छन् । उनले इरानी नागरिकको सुरक्षित पारवहन तथा शीघ्र स्वदेश फिर्ती सुनिश्चित गर्न पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका सम्बन्धित निकायसँग नजिकबाट सहकार्य गरिरहेको बताए ।

पाकिस्तान मानवीय सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै दारले इरानी नागरिकलाई आवश्यक सबै सम्भव सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ८ : ४८ बजे

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा