मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो « Khabarhub

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा प्रभावित बनेको यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन बिहीबार बिहानैदेखि मेसिन परिचालन गरिएको छ । हिजो (बुधबार) राति ८:३० बजेतिर अचानक सुख्खा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुर र सुरक्षाकर्मीको टोली तत्काल खटिएर करिब डेढ घण्टाको प्रयासपछि राति १० बजेदेखि सडक आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो ।

सडक डिभिजन भरतपुरका सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, राति एकतर्फी रूपमा गाडी सञ्चालन गरिए पनि बाँकी रहेको पहिरो हटाएर सडकलाई सुरक्षित र दुईतर्फी बनाउन अहिले तीव्र गतिमा काम भइरहेको छ । पहिरो पन्छाउने क्रममा गाडीको आवतजावत सुरक्षित राख्न सुरक्षाकर्मीको समन्वयमा केही समयका लागि सवारी साधनलाई रोक्दै, खुलाउँदै मेसिन प्रयोग गरी पहिरो हटाइएको सडक डिभिजनले जनाएको छ ।

काठमाडौँ र पोखरालाई चितवनसँग जोड्ने यो व्यस्त सडकखण्डमा पहिरोका कारण राति केही समय सवारीको लामो लाइन लागे पनि अहिले यातायातलाई सहज बनाउने प्रयास जारी छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ८ : ३० बजे

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण: सिंचाइमा सहज

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा

बाढी र पहिरोले गोरखा–धादिङ सडक पूर्ण अवरुद्ध, बेनी–जोमसोम र कर्णाली राजमार्ग एकतर्फी

काठमाडौँ – बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग