कपिलवस्तुमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन, ठमेलमा प्रदर्शन | Khabarhub Khabarhub

कपिलवस्तुमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन, ठमेलमा प्रदर्शन


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपालको भूमि अतिक्रमण भएको भन्दै युवाहरुले चीनविरुद्धको विरोध प्रदर्शनलाई पनि जारी राखेका छन् ।

भारतले नेपालको कालापानी, लिपुलेक लगायतका क्षेत्रमा भूमि मिचेको भन्दै विरोध भइरहेका बेला अर्को छिमेकी मुलुक चीनले समेत नेपाली भूमि अतिक्रमण गरेको भन्दै स्थानीय युवाहरुले चीनविरुद्धको प्रदर्शन तीव्र बनाएका हुन् ।

बुधबार स्थानीय युवाहरुले कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका छन् । नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

चीनले नेपाली भूमि मिचेको विरोधमा केही दिन यता बर्दिया, सप्तरी, सर्लाही लगायतका जिल्लामा चीन विरोधी प्रदर्शनलाई जारी राखेका छन् ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ ।

यसैबीच, काठमाडौंको ठमेलमा चीन बिरोधी प्रदर्शन भएको छ । चिनियाँ स्वतन्त्र नागरिक समूहले विरोध प्रदर्शन गरेको  हो । सीमा अतिक्रमण र व्यापारिक नियन्त्रण गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । उनहरु अवैध चिनियाँ नागरिक आफ्नो भूमि फर्क लेखिएको व्यानरसहित प्रदर्शनमा उत्रिएका थिए ।

नेपालमा व्यवसाय गर्दा कर नतिर्ने, लगानीमा पारदर्शीता नगर्ने, स्थानीय नेपालीको व्यवसायलाई डुबाउन षड्यन्त्र गर्ने, नेपालाई तिर्नेपर्ने कर नतिरी सिधै वि च्याट लगायतमा भुक्तानी गर्ने लगायतकाे आरोप लगाउँदै उनीहरुले चीन विरोधी प्रदर्शन गरेका हुन् ।

ठमेल लगायत क्षेत्रमा अरु ब्यापारीहरुलाई हतोत्साही गराउने, अग्रीम भुक्तानी दिए पनि पछि मुद्दा मामिला गर्दै घरधनीलाई नै ठगी गर्ने गरेको उनीहरुको आरोप छ । प्रदर्शनमा स्थानीय युवा र ब्यापारीहरुसमेत सहभागी थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ०९ बजे

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी,

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने

सिंहदरबार र अदालत जलाउनेलाई कांग्रेसले दियो आपराधिक र अराजकको संज्ञा

काठमाडौँ- देशकै ठूलो दल नेपाली कांग्रेसले सिंहदरबारसहित लोकतान्त्रिक शासन व्यवस्थाको

जेन-जीको आक्रमणमा घाइते देउवाको गर्दनमाथि १२ टाँका, अझै हिँडडुल गर्न समस्या

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनकारीका नाममा निजी निवास