यस्ता छन् चिन्ताले गर्ने हानी, कम गर्ने उपायहरु « Khabarhub

यस्ता छन् चिन्ताले गर्ने हानी, कम गर्ने उपायहरु


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कुनै ठूलो समस्या वा कठिनाइ आइपर्दा, डर वा भयमा मानिस आत्तिनु वा चिन्ता लिनु स्वभाविक हो । तर कतिपय मानिस भने साधारण बिषयमा पनि सधैँ मनमा चिन्ता लिने गर्दछन् ।

मानिसले लिने चिन्ता त्यस्तो भावना हो, जो आवश्यकताभन्दा बढी वा नियन्त्रणभन्दा बाहिर गयो भने मानसिक रोगको रूप धारण गर्दछ ।

यस्तोमा मानिसलाई कुनै स्पष्ट कारण वा घटना बिना पनि सधैँ मनमा डर, आशंका, बैचनी र चिन्ता बढ्ने गर्दछ । यद्यपि, चिन्ता आफैँमा रोग भने होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने गर्दछ ।

चिन्ताले गर्ने हानी

१. कपाल झर्छ

अधिकांश मानिसमा आजकल कपाल झर्ने समस्या आम बनेको छ । कपाल झर्नुको सबैभन्दा ठूलो कारण मानिसमा हुने चिन्ता समेत हो । चिन्ता लिँदा शरीरमा कोर्टिसोल नामक हर्मोन उत्सर्जन भई कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।

२. खराब यौन जीवन

मानिसमा चिन्ता बढ्दा शरीरभित्र रसायन उत्पन्न भई यसले यौन उत्तेजना जगाउने रसायनलाई निस्तेज गर्दछ । जसका कारण मानिसमा यौनप्रति इच्छा कम हुन्छ ।

३. डिप्रेसन हुनसक्छ

अधिक चिन्ता लिने वा चिन्तालाई व्यवस्थित गर्न नसके यसले डिप्रेसनका साथै अन्य मानसिक रोग हुनसक्छ ।

४. क्यान्सरसमेत हुनसक्छ

चिन्ता लिने व्यक्तिमा क्यान्सर, फोक्सो, कलेजोसहित उच्च रक्तचाप र मधुमेहजस्ता रोगसमेत लाग्नसक्छ ।

५. दाँतको समस्या

धेरै चिन्ता लिने मानिसमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने लगायतका समस्याहरु देखापर्नेसमेत हुन्छ ।

६. मुटु कमजोर हुने

लामो समयसम्म चिन्ता लिने मानिसको मुटुका मांसपेशी कमजोर भई धड्कन बढ्ने, नशा खुम्चिने तथा रक्तसञ्चारमा बाधा उत्पन्न हुने हुन्छ । जसले हृदयाघातसमेत हुनसक्छ ।

७. मोटोपना बढ्ने

धेरै चिन्ता लिने मानिसमा जति खाए पनि शरीर दुब्लाउने वा अनावश्यक रुपमा मोटोपना बढ्ने समस्या देखापर्छ ।

८. बूढ्यौलीपना आउने

चिन्ता लिने मानिसको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुने, छाला चाउरी पर्ने, मांसपेशी कमजोर हुने लगायतका समस्याले मानिसमा चाढै बूढ्यौलीपना आउँछ ।

९. रोगसँग लड्ने क्षमतामा कमी

चिन्ता लिइरहने मानिसको शरीरमा रोगप्रतिरोधी क्षमता कम हुन गई रोगसँग लड्ने क्षमतामा कमी हुन्छ ।

१०. स्मरण शक्तिमा कमी

अधिकांश समय चिन्तामा डुब्ने मानिसमा स्मरण शक्ति घट्दै जाने समस्या देखापर्छ ।

चिन्ताबाट कसरी बच्ने ?

१. बेजोडले हाँस्ने

यदि मानिसमा चिन्ता लिइरहने बानी छ भने यसलाई कम गर्ने सबैभन्दा राम्रो उपाय भनेको बेलाबेलामा ठूलो हाँसो हाँस्नु पर्दछ । यसले हाम्रो शरीरमा खुशी बनाउने हार्मोन बढ्नुका साथै चिन्ता दिलाउने हार्मोन कम हुन्छ । तर हाँस्ने समय भने निश्चित हुनुपर्छ ।

२. भेटघाट बढाउने

यदि कुनै कारणबस लगातार चिन्ता वा तनाव भएको छ भने कहिल्यै एक्लै बस्नु हँुदैन । सकेसम्म परिवारका सदस्य, साथीभाइ तथा सानानानीहरुसँग घुलमिल हुनसके चिन्ता कम हुँदै जान्छ ।

३. शारीरिक श्रम वा ब्यायाम गर्ने

लामो समयसम्म मानिसमा चिन्ता पर्ने समस्या छ भने सकेसम्म शारीरिक श्रम वा ब्यायाममा समय दिनुपर्छ । यसले शरीरको स्ट्रेस हार्मोनको मात्रा घटाई चिन्ता कम गर्न मद्दत गर्छ ।

४. योग गर्ने

मानिसको शरीरमा रोग तथा चिन्ता कम गर्ने सबैभन्दा राम्रो उपायमध्ये एक योग पनि हो । योगले मानिसमा चिन्ता कम गर्न ठूलो मद्दत गर्छ ।

५. रुची अनुसारको काम गर्ने

यदि मानिसमा चिन्ता बढी रहेको छ भने आफ्नो रुची अनुसारको काममा समय दिनु उत्तम हुन्छ । गीतसंगित सुन्ने, पुस्तक पढ्ने, साईकलिङ गर्ने वा अन्य रुची अनुसारको काम गर्नाले चिन्ता कम हुन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ६ : ०७ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको