रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी « Khabarhub

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेता चितवन पुग्ने क्रम जारी


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन विभिन्न दलका नेताहरू चितवन पुगेका छन् । महाधिवेशनमा सहभागी हुन आइतबार दिउँसो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चितवन पुगेका छन् । त्यसैगरी, नेपाली कांग्रेस सभापति गगन थापा पनि पुगेका छन् ।

थापासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि चितवन पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन, जनमत पार्टीका पूर्वअध्यक्ष चन्द्रकन्त राउत सिके लगायतका नेताहरू चितवन पुगेका छन् ।

त्यस्तै, नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवाली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चितवन पुगेका छन् ।

अहिलेसम्म हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट भने कुनै नेताहरू पुगेका छैनन् । कुलमान घिसिङको उज्यालो नेपालबाट पनि नेताहरू पुग्ने आँकलन गरिएको छ । हालसम्म उनीहरूमध्ये कोही पनि त्यहाँ पुगेका छैनन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  २ : ४३ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली ‘थ्रि–ए’ सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा