फ्लप भयो ‘रोल नम्बर १’ « Khabarhub

फ्लप भयो ‘रोल नम्बर १’


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबैभन्दा बढी व्यापार गर्ने फिल्मको निर्माताको क्रिडिट लिएर बिनोद पौडेलको लागानीमा बनेको ‘रोल नम्बर १’ फ्लप भएको छ ।

जेठ १५ बाट प्रदर्शनमा आएको यस फिल्मले असार ७ गतेसम्म मात्रै एक करोड ५५ लाख ग्रस कलेक्सन गरेको छ । यसले फिल्म बक्स अफिसमा फ्लप भएको पुष्टि गर्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्नका लागि ५७ हजार १३२ वटा टिकट बिक्री भएको छ ।

यस फिल्ममा नायक मुकुन भुसाल, नायिका रेणुनाथ योगी र बाल कलाकार निर्भिक रेग्मी शीर्ष भूमिकामा छन् ।

सेभेन सिज ब्यानरमा बनेको यो फिल्मका निर्माता बिनोदले प्रचारका लागि ‘पूर्णबहादुरको सारङ्गी’लाई पनि हतियार बनाएका थिए । प्रचार सामाग्रीमा लेखिएको थियो, ‘फ्रम द मेकर अफ पूर्णबहादुरको सारङ्गी’ । तर, हलमा दर्शकको खडेरी लाग्यो ।

बिनोद ‘पूर्णबहादुरको सारङ्गी’का सोलो मेकर भने होइनन् । उक्त फिल्म बनाउने टोली विभाजन भइसकेको छ । विभाजित दुवै टोलीले आफूलाई ‘पूर्णबहादुरको सारङ्गी’को मेकर भन्दै क्रेडिट लिइरहेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ४९ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि