कञ्चनपुरको वडाध्यक्षका लागि पाँचको मनोनयन दर्ता « Khabarhub

कञ्चनपुरको वडाध्यक्षका लागि पाँचको मनोनयन दर्ता


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- आगामी मङ्सिर दोस्रो साता हुने उप निर्वाचनका लागि कञ्चनपुरको पुर्नबास नगरपालिका–३ मा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

पुर्नबास नगरपालिका–३ का लागि हुने वडाध्यक्षको उप–निर्वाचनका लागि अध्यक्ष पदमा नेकपाबाट कृष्णबहादुर तामाङ, नेपाली काङ्ग्रेसबाट दीपबहादुर तामाङ, समाजवादी पार्टीबाट भीमबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पद्मबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट श्रीधनबहादुर तामाङको मनोनयन परेको जिल्ला निर्वाचन कार्यालय महेन्द्रनगरका प्रमुख उदयराज जोशीले जानकारी दिए ।

यसअघि उक्त वडाबाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि वडा रिक्त थियो । सो वडामा एक हजार १९९ मतदाता रहेका छन ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६