मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल « Khabarhub

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक बनाउने भएका छन् ।

काठमाडौंको कालोपुलमा एक कार्यक्रम आयोजना गरी सोमबार फिल्म निर्माणबारे जानकारी दिइएको हो ।

यस बायोपिकका लागि नायक महेश त्रिपाठी र नायिका केकी अधिकारी फाइनल भएका छन् । मदनकृष्णको भूमिकाका लागि महेश र उनकी श्रीमती यसोदा सुबेदीको भूमिकामा केकी अनुबन्ध भएको बताइएको छ ।

मदनकृष्ण र उनका कलाकारिताका जोडी हरिवंशले संयुक्तरुपमा पोस्टर सार्वजनिक गरे ।

मदनकृष्णको पर्दाअघि र पछाडिको जीवन दर्शकले सुक्ष्म ढंगले फिल्ममा देख्न पाउने निर्देशक चाम्सले बताए ।

मदनकृष्ण अहिले ७६ वर्षका भए । उनी शारीरिक रुपमा कमजोर बन्दै गएका छन् । उनी एक व्यक्तिको साहारामा मात्रै सार्वजनिक कार्यक्रममा देखिने गर्छन् ।

आफ्नो बायोपिकलाई लिएर उनी उत्साहित छन् । उनी भन्छन्, ‘दर्शकले मेरो जीवन थप नजिकबाट थाहा पाउनुहुन्छ ।’

चाम्सले निर्देशन गर्न लागेको यो चौथो बायोपिक हो । यसअघि उनले नेपाली फुटबल खेलाडी अञ्जिला तुम्बापोको बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए ।

यस फिल्मको कथा र पटकथा यम थापाले लेखेका हुन् । निर्माता भने राजकुमार श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ०८ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल