महिला भलिबल : उपाधीका लागि नेपाल र माल्दिभ्स भिड्दै « Khabarhub

महिला भलिबल : उपाधीका लागि नेपाल र माल्दिभ्स भिड्दै


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज (बिहिबार) नेपालले माल्दिभ्संग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

समूह चरणको शीर्ष स्थानमा रहँदै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ । लामो समय अन्तराष्ट्रिय उपाधिबाट तड्पिएको नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत छ ।

समूह चरणको सबै खेलमा प्रभावशाली जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

सोही कारण पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ । प्रतियोगितामा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

पहिलो संस्करणको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ६ : ४२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील