१३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान | Khabarhub Khabarhub

१३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान शुरु गरिएको छ ।

घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई सर्वसाधारणलाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले यही कात्तिक १ गते काठमाडौँका विभिन्न स्थानबाट २३ वटा सवारी, १३ सञ्चालक र २३ जना सवारी चालकलाई पक्राउ गरेको थियो ।

एउटा मिनी ट्रकमा सय क्युफिट मापदण्ड अनुसारको निर्माण सामग्री पठाउनुपर्नेमा डिपो सञ्चालकहरूले ८२ क्युफिट मात्र पठाउने गरेको उजुरीका आधारमा ठगी मुद्दाका अतिरिक्त सम्पत्ति शुद्धीकरणमा अनुसन्धान शुरु गरिएको हो ।

अपराध महाशाखाका अनुसार, डिपो सञ्चालकहरू पञ्चेश्वर स्वयम्भुका प्रमुख महेश्वर श्रेष्ठ, रन्जित एन्ड रन्जितका रन्जित थापा, धनेश्वर महादेवका सन्तोष कुँवर, खाँडादेवीका प्रकाश भण्डारी र कामनाका बद्री गिरीको सम्पत्ति छानबिनका लागि अनुसन्धान शुरु गरिएको हो ।

त्यस्तै, शुभकामनाका सञ्चालक सुरेन्द्र केसी, महालक्ष्मीका लक्ष्मण श्रेष्ठ, बज्रका वीरेन्द्र कुइँकेल, गरिमाजका श्याम मगर, जेबीएसका सन्देश लामा र माधव पण्डितविरुद्ध थप कानुनी प्रक्रिया अगाडि बढाइएको महाशाखा प्रमुख सहकुल थापाले बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौँले डिपो सञ्चालकहरू विरुद्धको ठगी मुद्दा किनारा लाग्नेबित्तिकै सम्पत्ति शुद्धीकरण विभागबाट अर्को मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ । धेरैजसो डिपो सञ्चालकसँग अवैध सम्पत्ति देखिएको छ ।

विभिन्न क्रसर उद्योग, बालुवा खानी तथा इँटा भट्टाबाट निर्माण सामग्री खरिद गरी डिपो राखेर बिक्री गर्दा १० वर्षमा १० करोड रुपियाँसम्मको सम्पत्ति थुपार्नु आफैमा रहस्यमय भएकाले अनुसन्धान गर्नुपरेको भनाइ प्रहरीको छ ।

यस्तै, ठगी अपराधमा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले पनि ३४ जना डिपो सञ्चालकलाई पक्राउ गरेको छ । त्यस क्षेत्रमा पनि तोकिएको मापदण्डभन्दा कम सामग्री ढुवानी गरी उपभोक्तालाई ठगी गरेको आरोप प्रहरीको छ ।

भक्तपुर प्रहरी परिसर प्रमुख सविन प्रधानले एक ट्रक निर्माण सामग्रीबाट उपभोक्तालाई दुई हजार पाँच सय रुपियाँसम्म ठगी हुने गरेको बताए । रोडा, ढुङ्गा, गिट्टी र बालुवामा मात्र नभई इँटामा समेत यस्तै ठगी हुने गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ७ : ०० बजे

काठमाडौँका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने

आयोनले ल्यायो ‘द एक्स्ट्राअर्डिनरी अफर’, ८ लाख सम्मको छुट पाइने

काठमाडौं– आयोनले ‘द एक्स्ट्राअर्डिनरी अफर’ नामक प्रोमोशनल अफर सार्वजनिक गरेको

राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०-२०२२’

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

काठमाडौं– सामाजिक सुरक्षा कोषले आर्थिक वर्ष २०८१-८२ मा योगदानकर्ताको वृद्ध

एक वर्ष यही मन्त्रिपरिषद् जान्छ : मन्त्री पाण्डे

चितवन– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद्