जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने « Khabarhub

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने


१० असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ । काठमाडौंस्थित द प्लाजामा आयोजित कार्यक्रममा गाडी सार्वजनिक गरिएको हो ।

चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्त्वपूर्ण बजारका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश छन् ।

कम्पनीले नेपाली ग्राहकको आवश्यकता, सडकको अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर ओरा ५ ईभी सार्वजनिक गरिएको जनाएको छ । यसले सुरक्षित, स्मार्ट र दिगो यातायातको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कमपनीका अनुसार यस गाडीको प्रमुख विशेषतामध्ये एक पटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ । यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजीलगायत फिचरहरू समावेश छन् ।

सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५ स्टार एएनक्याप तथा ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, सामान राख्न मिल्ने ३३ वटा स्टोरेज स्पेसहरू तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन् ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई सम्बोधन गर्दै विश्वस्तरीय प्रविधि, सुरक्षा तथा प्रिमियम अनुभव नेपाली ग्राहकसमक्ष ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।  

प्रकाशित मिति : १० असार २०८३, बुधबार  २ : ०७ बजे

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित,