बच्चालाई त्रास देखाएर हैन् फकाएर सिकाउनुपर्छ | Khabarhub Khabarhub

बच्चालाई त्रास देखाएर हैन् फकाएर सिकाउनुपर्छ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ। त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ।

विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो। अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन्।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बच्चाहरूमा छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्नेजस्ता समस्या भएमा ‘मुड स्विङ’हुनसक्ने जानकारी दिए । कतिपयले यस्ता बच्चालाई तह लगाउन गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने उनको सुझाव छ ।

‘अभिभावकले बच्चालाई कुटेर र तर्साएर समस्याको हल हुँदैन,’ उनले भने, ‘हल नहुने मात्र होइन, त्यसले गम्भीर असर पुर्‍याउन सक्छ।’ जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुनसक्छ।

अभिभावकले नै बच्चाका यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन्। बालमनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ।

डा. शाक्यका अनुसार आमाको दूध नछाड्दै उनीहरूलाई शिशु कक्षामा पुर्‍याइन्छ। एक कक्षामा पुग्दा नपुग्दै उनीहरूलाई ट्युसन कक्षामा भर्ना गरिन्छ।

कोचिङमा पठाइन्छ। खेल्ने, रमाउनेभन्दा पनि आमाबुवाको इशाराअनुसार चल्ने भएका कारण यस्तो समस्या देखेको उनले बताए ।

बालविशेषज्ञ कुमुदी भट्टले पनि बच्चालाई बच्चा बन्न दिनुपर्ने बताउँछिन । हामीले जस्तो काम गर्नुपर्ने, विद्यालयमा ९० प्रतिशत नै लिएर आउनुपर्ने, खेल्न नदिने र पढ्नुपर्छ जस्तो दबाबले धेरै मानसिक समस्या निम्त्याउन सक्छ। उनका अनुसार बच्चाको दिमाग सबैको तेज नै हुनुपर्छ भन्ने जरुरी छैन, पढाइमा कम प्रतिशत ल्याउँदैमा त्यो बच्चा प्रतिभा नभएको भन्न मिल्दैन।

शान्त ठाउँको खोजी गर्ने, मोबाइल वा फोनमा बढी समय बिताउन मन गर्छन् भने साथीहरूसँग मिलजुल गर्न हच्किन्छन्। मुड स्विङको सिकार भएका बच्चालाई कसरी सम्हाल्ने त ? अभिभावकका लागि यो एक जटिल प्रश्न हो। यस्ता बच्चालाई गाली गरेर, हतोत्साही गरेर, निराश तुल्याएर, डर देखाएर होइन, एकदमै प्रेमल वातावरण दिएर सुधार गर्न सकिन्छ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ८ : २३ बजे

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर– सूर्यविनायक नगरपालिका-६ बस्ने नारायण कृष्ण तोयानाको घरमा विद्युत् सर्ट भई आइतबार

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा

पोखरीमा डुबेर दुई वर्षीय बालिकाको मृत्यु

सुनसरी– धरान उपमहानगरपालिका-१९ दीपेन्द्र मार्ग बस्ने बुद्धि बहादुर तामाङकी छोरी दुई

जेन–जी आन्दोलन नाममा विध्वंश मच्चाउनेलाई छाडिन्न

काठमाडौं- सुशासनको माग गर्दै शुरु भएको शान्तिपूर्ण जेन–जी आन्दोलन एकाएक