‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’ « Khabarhub

‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन् ।

अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा मन्त्री विष्टले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले कामदार पीडित भएको भन्दै सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने विषयमा दृढतापूर्वक लाग्न आग्रह गरे।

कामदारको नैतिक भर्ना प्रक्रियालाई व्यवस्थित गर्न न्यूनतम मापदण्डको आवश्यकता रहेको भन्दै मन्त्री विष्टले यस्ता मापदण्ड बनाउन पनि आइओएमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । श्रम आप्रवासनको दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न पनि मन्त्री विष्टले सुझाव दिएको श्रम मन्त्रालयले जनाएको छ ।

भेटमा क्षेत्रीय निर्देशक मोटसले श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १० : ४१ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था