नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्लाको सिलगुडी–चम्पासारी निवासी ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू बाप्र०३–००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा काकडभिट्टाबाट काठमाडौँतर्फ यात्रा गरिरहेका थिए । शंकाका आधारमा गरिएको खानतलासीका क्रममा उनीहरूले लुकाइछिपाइ बोकेको ७५ ग्राम ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार बरामद गरिएको पदार्थ प्रतिबन्धित लागूऔषध ब्राउन सुगर भएको प्रारम्भिक अनुमान गरिएको छ। बरामद वस्तु परीक्षणका लागि पठाइएको र दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ९ : २१ बजे

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न