निजामती कर्मचारीको उमेर हद अब ६० वर्ष « Khabarhub

निजामती कर्मचारीको उमेर हद अब ६० वर्ष


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने गरी सिफारिस गरेको छ ।

हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा कर्मचारीको उमेर हद ५८ वर्ष छ ।

प्रस्तावित संघीय निजामती सेवा ऐनमाथिको छलफलका क्रममा समितिको बैठकले कर्मचारीको उमेर हद ६० वर्ष निर्धारण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित संघीय निजामती सेवा ऐनमा समेत कर्मचारीले अनिवार्य अवकास पाउने (उमेर हद) ५८ वर्ष निर्धारण गरिएको थियो ।

निजामती कर्मचारी भित्रैबाट ६० वर्ष उमेर हद पुर्‍याउनुपर्ने आवाज उठ्दै आएको थियो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने उपयुक्त निर्णय भएको बताए ।

खबरहबसँगको कुराकानीमा अध्यक्ष मैनालीले भने, ‘अहिले नेपालीको औषध आयू पनि बढेको छ । यसहिसावले निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याइनु उपयुक्त हो,’ मैनालीले भने, ‘हामी (लोक सेवा आयोग)ले यसअघि नै कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउन भनेर सरकारलाई सुझाव दिएका थियौं ।’

तर, समितिको निर्णय तत्कालै पूर्ण रुपमा कार्यान्वयनमा आउने छैन । हरेक वर्ष ६–६ महिना थपेर सन् २०२१ देखि पूर्ण रुपमा लागू हुने गरी निर्णय गरिएको राज्य व्यवस्था समिति सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खबरहबलाई जानकारी दिइन् ।

हाल संसदमा विचाराधीन रहेको ‘संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गरेको विधेयक’ संसदबाट पारित भइ राष्ट्रपतिले प्रमाणीकरण गरेमा उमेरहदको नयाँ निर्णयको कार्यान्वयन शुरु हुने छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  १ : ५२ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल