लालबाबु पण्डितको पीडा– कर्मचारीले थुक्छु भन्दै धम्की दिए ! « Khabarhub

लालबाबु पण्डितको पीडा– कर्मचारीले थुक्छु भन्दै धम्की दिए !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको गालीगलौच सहेर भएपनि आफूले समायोजनको कामलाई पूर्णता दिएको बताएका छन् ।

समायोजनका बेला केही कर्मचारीहरु आफूविरुद्ध व्यक्तिगत गालीगलौचमै उत्रिएको पनि मन्त्री पण्डितको गुनासो छ ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा मन्त्री यादवले कर्मचारी समायोजनका बेला झेल्नु परेको ‘सकस’ सम्झिए ।

समायोजनका बेला केही कर्मचारीले आफूहरुले भनेको ठाउँभन्दा अन्त खटाइए थुकिदिने भनेर धम्की दिएको पनि मन्त्री पण्डितले स्मरण गरे ।

प्रस्तावित संघीय निजामति ऐनको छलफलमा भाग लिँदै मन्त्रीले भने, ‘२ जना उपसचिवज्यूहरु हानौला झैं गरेर आउनुभएको थियो, हामीले तपाईंले खटाएको ठाउँमै किन जाने भनेर भन्नुभयो । उहाँहरुले आफूलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भनेर थुक्छु पनि भन्नुभयो ।’

मन्त्री पण्डितले कर्मचारीहरुमा विदेश भ्रमणको मोह बढेको पनि बताए । कर्मचारीहरु कामप्रति जिम्मेवार नदेखिएको उल्लेख गर्दै मन्त्री पण्डितले भने, ‘एक जना सहसचिवले वर्षको २१० दिन त विदेश भ्रमणमै विताएको विवरण पनि फेला पारेको छु । त्यस्ता कर्मचारीले देशमा कति दिन काम गर्छन् होला ?’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ३ : १२ बजे

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।

नेपाली कांग्रेसको महाधिवेशन सर्‍यो 

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय सरेको छ । यही

नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

काठमाडौं– नेपाल एसीयाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल