लालबाबु पण्डितको पीडा– कर्मचारीले थुक्छु भन्दै धम्की दिए ! « Khabarhub

लालबाबु पण्डितको पीडा– कर्मचारीले थुक्छु भन्दै धम्की दिए !


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको गालीगलौच सहेर भएपनि आफूले समायोजनको कामलाई पूर्णता दिएको बताएका छन् ।

समायोजनका बेला केही कर्मचारीहरु आफूविरुद्ध व्यक्तिगत गालीगलौचमै उत्रिएको पनि मन्त्री पण्डितको गुनासो छ ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा मन्त्री यादवले कर्मचारी समायोजनका बेला झेल्नु परेको ‘सकस’ सम्झिए ।

समायोजनका बेला केही कर्मचारीले आफूहरुले भनेको ठाउँभन्दा अन्त खटाइए थुकिदिने भनेर धम्की दिएको पनि मन्त्री पण्डितले स्मरण गरे ।

प्रस्तावित संघीय निजामति ऐनको छलफलमा भाग लिँदै मन्त्रीले भने, ‘२ जना उपसचिवज्यूहरु हानौला झैं गरेर आउनुभएको थियो, हामीले तपाईंले खटाएको ठाउँमै किन जाने भनेर भन्नुभयो । उहाँहरुले आफूलाई अन्त खटाए तपाईंलाई सबैभन्दा खराब मन्त्री भनेर थुक्छु पनि भन्नुभयो ।’

मन्त्री पण्डितले कर्मचारीहरुमा विदेश भ्रमणको मोह बढेको पनि बताए । कर्मचारीहरु कामप्रति जिम्मेवार नदेखिएको उल्लेख गर्दै मन्त्री पण्डितले भने, ‘एक जना सहसचिवले वर्षको २१० दिन त विदेश भ्रमणमै विताएको विवरण पनि फेला पारेको छु । त्यस्ता कर्मचारीले देशमा कति दिन काम गर्छन् होला ?’

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ३ : १२ बजे

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

बागलुङ– घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा

ऐतिहासिक पर्सागढीमा शनिबार विजय उत्सव मनाइने

पर्सा– विक्रम सम्वत् १८७१ सालमा ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई

महिलालाई पञ्चैबाजा प्रशिक्षण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाका महिलालाई परम्परागत बाजाको संरक्षण गरी

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही