आलमको थुनछेक बहस अझै लम्बियो, २० जनाले बहस गर्नै बाँकी « Khabarhub

आलमको थुनछेक बहस अझै लम्बियो, २० जनाले बहस गर्नै बाँकी


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबारसम्म पनि जारी रहने भएको छ ।

बिहीबार अदालती समयसम्म बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए ।

पराजुलीका अनुसार बिहीबार आलमको पक्षबाट ६ जना कानून व्यवसायीले बहस गरे ।

बिहीबार अधिवक्ताहरु रामविनोद गिरी, अनन्त अधिकारी, मजरुल हक, हरिशंकर प्रसाद, अफताव आलम र नन्दकिशोर साह ले आलमको पक्षबाट बहस गरे ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमविरुद्ध अभियोग पत्र दायर गरेकोमा बुधबारदेखि थुनछेक बहस जारी छ ।

बहस शुरु भएको आठौं दिनसम्म आलमको पक्षबाट १५ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् ।

स्थानीय कानून व्यवसायीहरु समेत गरी अझै करिब २० जनाले आलमको तर्फबाट बहस गर्ने भनेर वकालतनामा दर्ता गरेका श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध उक्त प्रकरणमा प्रतिवादी (अभियुक्त) बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ भने अर्का १ जना अभियुक्तलाई मतियारको रुपमा प्रस्तुत गरी सोहीअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ०० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका