कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ? « Khabarhub

कसरी राख्ने वाइफाईको पासवर्ड सुरक्षित ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाइफाई एउटा ताररहित रेडियो वेब प्रविधि हो । जसका माध्यमबाट इलेक्ट्रोनिक डिभाइसहरुले वेब एउटाबाट अर्कोमा आदान–प्रदान गर्छन् ।

प्रविधिको विकाससँगै वाइफाई मानिसको आवश्यकता बन्दै गएको छ । तसर्थ, पछिल्लो समयमा वाइफाई चोरी हुने भइराखेको हुन्छ । यसबाट बच्न वाइफाईको पासवर्डलगायत केही कुरामा ध्यान दिन आवश्यक छ ।

वाइफाईको पासवर्ड सुरक्षित राख्न ध्यान दिनु पर्ने कुराहरु

१. पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुहोस् । जसमा अंक, अक्षर, सिम्बोल आदि मिलाउनुहोस । यस्तो हुँदा ह्याकरले सजिलै पत्ता लगाउन सक्दैन ।

२. राउटरको डिफल्ट सेटिङ गर्नुहोस् । सामान्यतया नेटवर्कले सेटिङ मिलाउँदा सामान्य पासवर्ड र आफ्नै नाम राखिदिएको हुन्छ । यसो गर्दा अनधिकृत प्रयोगकर्ताले सजिलै पासवर्ड पत्ता लगाउन सक्छन् ।

३. एसएसआइडी प्रसारण बन्द गर्नुहोस् । यसले तपाईंको नेटवर्क एरियामा भएका अन्य डिभाइसलाई सूचना दिने गर्छ ।

४. एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुहोस् । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।

५. राउटरमा भएको फायरवाल इनेबल गर्नुहोस् । जुन प्रायः डिसेबल हुन्छ । त्यस्तै, हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रुपमा इनेबल गर्न सकिन्छ । यसले तपाईको नेटवर्क पूर्ण रुपमा सुरक्षित हुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ३५ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३