भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू  « Khabarhub

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू 


१८ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ।

विद्यालय भवनको संयुक्त रूपमा कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा तथा काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले शिलान्यास गरेका हुन्।

भारतीय राजदूतावासका अनुसार करिब ३ करोड नेपाली रुपैयाँको लागतमा निर्माण हुने उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुनेछ। परियोजना शिवसताक्षी नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

शिलान्यास कार्यक्रममा मेयर थोप्रासहित स्थानीय सरोकारवालाले भारत सरकारले उपलब्ध गराउँदै आएको विकास सहयोगको प्रशंसा गरे । 

नयाँ विद्यालय भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय तथा सहज शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरेका थिए।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास साझेदारी बहुआयामिक रहेको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत शिक्षा लगायत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माण गरी नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार  ३ : ३२ बजे

दक्षिण अफ्रिका बस दुर्घटना : १६ जनाको मृत्यु, दर्जनौं घाइते

केप टाउन- दक्षिण अफ्रिकाको दक्षिण–पश्चिममा ७८ जना यात्रु बोकेको बस

राजविराज–भारदह सडक अलपत्र

राजविराज– राजविराज–भारदह सडक निर्माण अलपत्र परेको छ । उक्त सडक

अर्थसंक्षेप : गाडी भाडा घट्यो, नेप्से बढ्यो र भारतसँग आर्थिक सहकार्य विस्तारमा जापानको जोड

‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ पारित ‘सम्पत्ति शुद्धीकरण

सर्वोच्चद्वारा विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

काठमाडौं- सर्वोच्च अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज

स्वास्थ्य क्षेत्रमा बालेन सरकारका सय दिन : खोस्रियो पहाड, भेटियो मुसा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा वर्तमान सरकार गठन