सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन « Khabarhub

सञ्चारमन्त्रीको स्पष्टीकरण : सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै नीति लिएको छैन


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै पनि नीति नलिएको स्पष्ट पारेका छन् ।  

आइतबार काठमाडौंमा नेपाल पत्रकार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएकाले त्यसको संरक्षणप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए  ।  

उनले सरकार प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने वा त्यसलाई सीमित गर्ने पक्षमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, जिम्मेवार र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप सुदृढ बनाउने धारणा राखे । 

मन्त्री तिमिल्सिनाले सञ्चार माध्यमले स्वतन्त्रतासँगै व्यावसायिक आचारसंहिता, जबाफदेहिता र सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभई संविधान र कानुनको दायराभित्र रहेर तथ्यमा आधारित तथा जिम्मेवार पत्रकारिता गर्नु रहेको उल्लेख स्पष्ट पारे । 

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रतासँगै पत्रकारिताको व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्वको पनि उत्तिकै महत्त्व रहेको बताए । 

मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताको संरक्षण लोकतान्त्रिक शासन व्यवस्थाको आधार भएको उल्लेख गर्दै सरकारले सञ्चार क्षेत्रको स्वतन्त्रता, सुरक्षा र पेशागत वातावरण सुनिश्चित गर्न निरन्तर काम गरिरहेको बताए ।

मन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनलाई अधिकारको रुपमा नहेर्न आग्रह गर्दै सो विषयमा छलफलका माध्यमबाट टुङ्ग्याउनुपर्ने बताए । कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।   

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  २ : ०७ बजे

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता