लिथुनियाविरुद्ध रोनाल्डोको ह्याट्रिक, ६ गोल अन्तरले पोर्चुगलको जीत « Khabarhub

लिथुनियाविरुद्ध रोनाल्डोको ह्याट्रिक, ६ गोल अन्तरले पोर्चुगलको जीत


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरो छनोटमा लिथुनियालाई ६–० ले हराएको छ ।

बिहीबार राति घरेलु मैदानमा प्रभावशाली जित निकाल्दै पोर्चुगल युरोछनोटको नजिक पुगेको छ ।

रोनाल्डोले पोर्चुगलका लागि ९८ अन्तराष्ट्रिक गोल गर्न सफल रहे । ३४ बर्षका रोनाल्डोले आईतबार हुने खेलमा लक्जमवर्गविरुद्व दुई गोल गरेमा सय गोलको कोशेढुङ्गा पार गर्ने दोस्रो खेलाडी बन्नेछन् ।

पोर्चुगलका लागि उनले नवौ ह्याट्रिक समेत पुरा गरेका छन् । उनी अलि डाईसको विश्व कीर्तिमान भंग गर्न ११ गोलले पछाडी छन् । ईरानका लिजेण्ड डाईसले १ सय ९ गोल गरेका छन् ।

सातौ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा उनले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अघि बढाए ।

एफोन्सो फर्नान्डेसले ५२ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ३–० ले अघि बढाएका थिए । मेन्डेस पेसेन्सियाले पोर्चुगलाकालागि चौथो गोल गरे । बर्नार्डो सिल्भाले ६३ औ मिनेटमा गोल गर्दै पोर्चुगललाई ठुलो जिततर्फ अगाडी बढाएका थिए । । त्यसको दुई मिनेटपछि रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

युभेन्ट्सका स्टार रोनाल्डोले क्लबबाट पछिल्लो दुई खेल पुरा समय खेल्न पाएका छैनन् । साविक विजेता पोर्चुगलले आईतबारको खेलमा लक्जमवर्गलाई हराउन सकेमा युरोकपमा छनोट हुनेछ ।

पोर्चुगल ७ खेलबाट १४ अंक सहित समूह बीको दोस्रो स्थानमा छ । सर्वियाले १३ अंक सहित पोर्चुगललाई दबाब दिईरहेको छ । लिथुनिया ४ अंक सहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ४४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन