विश्वकपमा गुलाबीको बुटको फेसन « Khabarhub

विश्वकपमा गुलाबीको बुटको फेसन


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको छ । त्यो हो- पिंक बुट (गुलाबी जुत्ता) ।

विश्वकपमा मुख्यत: ‘बिग थ्री’ ब्रान्ड नाइकी, एडिडास र पुमाले खेलाडीहरूलाई बुट स्पोन्सर गरेका छन् । यी तीनै ब्रान्ड एक अर्काका लागि हेभिवेट प्रतिस्पर्धी हुन् ।

फेरि, यी तीनै कम्पनीले एकै रङका जुत्ता खेलाडीहरूलाई उपलब्ध गराएका छन् । विश्वकप फुटबलको हरियो मैदान पिंक बुट टल्किएको दृश्यलाई धेरैको प्रिय बनेको छ ।

अर्कोतर्फ गुलाबी कलर हतपत पुरुषको रोजाइमा नपर्ने गर्छ । तर, विश्वकपमा गुलाबी बुट नै हाबी हुनु अर्को रोचक विषय हो । त्यही कारण यो पटक बुटको रङ पनि चासोको विषय बन्यो ।

यसअघिका विश्वकपमा खेलाडीहरूले हरियो, निलो, सुन्तला र सेतो रङको बुटको प्रयोग गर्दै आएका थिए । केही खेलाडीले आफू अनुकूलको प्रयोग गर्थे ।

अझ नाइकी, पुमा र एडिडास एक अर्कासँगको प्रतिस्पर्धाका लागि आकर्षक रङहरूका बुटहरू निकाल्ने होडमा हुन्थे । तर, यस पटक त्यस्तो भएन ।

प्रमुख प्रतिस्पर्धी मानिएका ब्रान्डहरूले नै पिंक बुटका लागि सहमति गरेका थिए । बिग थ्रि ब्रान्डको सहमति आफैँमा दुर्लभ हो । अझ उनीहरूको सहमतिले विश्वकप मैदनाबाट पिंक बुट फेसनका रुपमा परिणत हुन अर्को रोचक विषय हो ।

बिग थ्री ब्रान्डबीच पिंक बुटमा सहमति हुनुको प्रमुख कारण दृश्य प्रभाव रहेको नाइकीले बताएको छ । उसले भनेको छ, ‘मैदानको हरियो घाँसको पृष्ठभूमिमा गुलाबी रङले खेलाडीलाई प्रस्ट रूपमा फरक देखाउन मद्दत गर्छ । रंगशालामा र टेलिभिजन दुवैका दर्शकलाई दृश्यता सुनिश्चित गर्छ । यो हामीले ध्यान दिएको कुरा हो। विश्वकपमा हामी वास्तवमै दृश्य प्रभावमा ध्यान केन्द्रित थियौं ।’

दर्शकको कोणबाट पनि दृश्य प्रभावका विषयमा सुक्ष्म अनुसन्धान गरिएको नाइकीको दाबी छ । पुमा र एडिडासले पनि यस विषयमा अध्ययन गरेका थिए ।

अहिले गुलाबी रङ सबै लिङ्गले स्वीकार गरेकाले पनि सहज भएको बताइएको छ । खेलाडीको ‘गुलाबी जस्तो कडा र चम्किलो रङको बुट चाहियो’ भन्ने माग पनि सम्बोधन गर्ने प्रयास रहेको उक्त ब्रान्डले बताएको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यम फुटीहेडलाइन्सका अनुसार गुलाबी बुट खेलाडीको मानसिकतासँग पनि सम्बन्धित रहेकाले ब्रान्डहरूले सहमति गरेका हुन् ।

नाइकीले दाबी गरेको छ, ‘हाम्रो अनुसन्धानले खेलाडीहरू उच्च-दबावको क्षणमा आत्मविश्वास बढाउन विशेष गरी सबैभन्दा बोल्ड र चम्किलो रङहरू राहत दिन्छ । त्यसका लागि पिंक उपयुक्त भेटियो ।’

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ३ : ०८ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको