आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा « Khabarhub

आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित भयो : गगन थापा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले विधि, प्रक्रिया र कानुनी व्यवस्थालाई बेवास्ता गर्दै काम गर्न थालेको आरोप लगाएका छन् । सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले वालेन्द्र शाह नेतृत्वको सरकारले २०७४ सालको निर्वाचनपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सरकारले जस्तै काम गर्न थालेको आरोप लगाए ।

उनले सरकारले विधि र प्रक्रिया भन्दा परिणाम दिन्छु भन्दै कानुन विपरीतका काम गर्न उद्धत रहेको टिप्पणी गर्दै राज्य सञ्चालनमा पारदर्शीता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको स्पष्ट पारे । सभापति थापाले सरकारका पछिल्ला निर्णय र गतिविधिप्रति असन्तुष्टि जनाउँदै कानुनको शासन कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।

उनले राज्य सञ्चालनमा पारदर्शीता, जवाफदेहिता र कानुनी शासनको पूर्ण पालना आवश्यक रहेको उल्लेख गर्दै सरकारले कानुन मिच्ने प्रयास गरे प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने चेतावनी समेत दिए । उनले सय दिन भित्र सरकारले विश्वास जगाउने नभएर आशंका जगाउने काम गरेको बताउँदै जनताको जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काममा भन्दा आफ्नो पक्षमा कति लाइक आउँछ भन्नेमा सरकार केन्द्रित रहेको दाबी गरे ।

सभापति थापाले हचुवाको भरमा संविधान संशोधन जस्ता विषय चलाए मुलुक फेरि हर्काे भड्खालोमा पर्ने भन्दै समावेशीता र भाषाको संवेदनशीलतालाई बुझ्न सरकारलाई सचेत गराए । सभापति थापाले काठमाडौँ महानगरले सुकुम्वासी बस्तीमा चलाएको डोजर प्रसंग जोड्दै थापाले सरकारले कानुनी प्रक्रिया र मानवीय संवेदनालाई लत्याएको टिप्पणी गरे ।

साना व्यवसायीदेखि ठूला उद्योगीसम्म कसैले पनि ढुक्कसँग लगानी गर्ने वातावरण नबनेको र सरकारले आर्थिक संकुचन हटाउन ध्यान नदिएको उनले आरोप लगाए । परराष्ट्र नीतिका सन्दर्भमा पनि सरकारले राष्ट्रिय सहमति बनाउनुको साटो क्षणिक वाहवाहीका लागि मात्र काम गरिरहेको थापाको जिकिर छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ४ : ३१ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका