फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित « Khabarhub

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

फ्लाई दुबई र पोखरा रेष्टुरेन्ट एन्ड बार एशोसियसन नेपालका पदाधिकारीबीच आइतबार पोखरामा छलफल पनि भएको थियो ।

फ्लाई दुबईका पदाधिकारीले पोखराबाट नियमितरुपमा फ्लाइट हुने र कम्तिमा पनि एक सय बढी देशका २४५ स्थानमा उडान भर्ने हुँदा पोखराबाट विश्वका जुनसुकै मुलुकमा पुग्ने हवाई यात्रुले उडान भर्न सक्ने बताएका थिए ।

त्यसैगरी विश्वका जुनसुकै कुनाबाट कनेक्टिङ फ्लाइट लिएर पनि पोखरा आउन सकिने हुँदा पोखराको पर्यटन व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले फ्लाई दुबईका पदाधिकारीसँगको छलफलपछि आफूहरु उत्साही भएको बताए ।

उनले फ्लाई दुबईबाट पोखरा भित्रिएका पर्यटकलाई कसरी सहुलियतरुपमा सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताए ।

यस अवसरमा दुवै पक्षबीच पर्यटन क्षेत्रको विकास, पारस्परिक सहकार्य अभिवृद्धि तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूबारे सकारात्मक विचार आदानप्रदान गरिएको थियो।
शेरचनले आगामी दिनमा थप छलफल गर्दै जाने विषयमा पनि कुराकानी भएको बताए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : ३५ बजे

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ