फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित « Khabarhub

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

फ्लाई दुबई र पोखरा रेष्टुरेन्ट एन्ड बार एशोसियसन नेपालका पदाधिकारीबीच आइतबार पोखरामा छलफल पनि भएको थियो ।

फ्लाई दुबईका पदाधिकारीले पोखराबाट नियमितरुपमा फ्लाइट हुने र कम्तिमा पनि एक सय बढी देशका २४५ स्थानमा उडान भर्ने हुँदा पोखराबाट विश्वका जुनसुकै मुलुकमा पुग्ने हवाई यात्रुले उडान भर्न सक्ने बताएका थिए ।

त्यसैगरी विश्वका जुनसुकै कुनाबाट कनेक्टिङ फ्लाइट लिएर पनि पोखरा आउन सकिने हुँदा पोखराको पर्यटन व्यवसायमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले फ्लाई दुबईका पदाधिकारीसँगको छलफलपछि आफूहरु उत्साही भएको बताए ।

उनले फ्लाई दुबईबाट पोखरा भित्रिएका पर्यटकलाई कसरी सहुलियतरुपमा सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको बताए ।

यस अवसरमा दुवै पक्षबीच पर्यटन क्षेत्रको विकास, पारस्परिक सहकार्य अभिवृद्धि तथा आगामी दिनमा संयुक्त रूपमा सञ्चालन गर्न सकिने कार्यक्रमहरूबारे सकारात्मक विचार आदानप्रदान गरिएको थियो।
शेरचनले आगामी दिनमा थप छलफल गर्दै जाने विषयमा पनि कुराकानी भएको बताए ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : ३५ बजे

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर