पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा « Khabarhub

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट (९०+१ औं मिनेट) मा गरेको नाटकीय गोलको मद्दतले स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति डलास स्टेडियममा भएको रोमाञ्चक तथा कडा प्रतिस्पर्धात्मक अन्तिम १६ को खेलमा स्पेनले चिरपरिचित प्रतिद्वन्द्वी पोर्चुगललाई १–० ले स्तब्ध पारेको हो ।

यो पराजयसँगै पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप खेल जीवन दुःखद अन्त्य भएको छ । खेलको दोस्रो हाफमा मैदान छिरेका फेरान टोरेस र मिकेल मेरिनोको उत्कृष्ट तालमेलमा स्पेनले निर्णायक अग्रता लिएको थियो ।

टोरेसको पासलाई सदुपयोग गर्दै मेरिनोले बललाई पोस्टको दिशा दिएका थिए । पहिलो हाफमा दुवै टोलीले केही गतिला अवसर सिर्जना गरे पनि गोल गर्न चुकेका थिए । पोर्चुगलका नुनो मेन्डिसको प्रहार क्रसब्याकमा लागेर बाहिरिएको थियो भने स्पेनका मिकेल ओयार्जाबालले पनि गोलको सुनौलो अवसर गुमाएका थिए ।

यो जितसँगै स्पेनले विश्वकप इतिहासमा नयाँ कीर्तिमान समेत कायम गरेको छ । लुइस डे ला फुएन्टेको टोलीले जारी विश्वकपका सुरुवाती ६ खेलमा कुनै पनि गोल बेहोरेको छैन, जुन विश्वकप इतिहासमै लगातार सबैभन्दा धेरै खेलमा ‘क्लिन सिट’ राख्ने कीर्तिमान हो ।

स्पेनका गोलकिपर उनाई सिमोनले ६०९ मिनेटसम्म आफ्नो पोस्ट सुरक्षित राख्दै इटालीका वाल्टर जेङ्गा र स्पेनकै पूर्व कप्तान इकर कासिलासको कीर्तिमानलाई पछि पारेका छन् ।

४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको यो अन्तिम विश्वकप खेल रह्यो । खेलपछि भावुक बनेका रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरिसकेका थिए । अब स्पेनले सेमिफाइनल प्रवेशका लागि अमेरिका र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : ३८ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको