मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत् « Khabarhub

मौद्रिक नीति : ब्याजदर र नीतिगत दरहरू यथावत्


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा अधिकांश नीतिगत दर, बैंकदर र स्थायी निक्षेप सुविधालाई यथावत राखेको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विद्यमान आर्थिक परिदृश्यलाई मध्यनजर गर्दै नीतिगत दर, बैंक दर र स्थायी निक्षेप सुविधा दरलाई यथावत् राखेको हो । 

यसैगरी, अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात  सम्बन्धी व्यवस्थालाई पनि निरन्तरता दिइएको छ । नीतिगत दरहरूलाई स्थिर राखेर बैंकले बजारमा ‘न्यून–लागत अर्थतन्त्र’ कायम गर्ने र निजी क्षेत्रको मनोबल उच्च राख्ने ‘लचिलो’ कार्यदिशा अवलम्बन गरेको छ ।

कर्जा प्रवाह र नियामकीय सुधारमा नयाँ व्यवस्था

मौद्रिक नीतिले बैंकिङ क्षेत्रको नियामक ढाँचामा केही महत्त्वपूर्ण परिवर्तनहरू प्रस्ताव गरेको छ । कर्जा सुरक्षाका लागि व्यक्तिगत जमानीबाट सिर्जना हुने असीमित दायित्व हटाउने व्यवस्था गरिने भएको छ ।

चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाबाट वञ्चित हुने अवस्थालाई कम गर्न नीतिगत सुधार गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

संस्थाको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गरिने र सार्वजनिक ठूला विद्युतीय सवारी साधनको कर्जा मूल्य अनुपातमा सहजीकरण गरिने र रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन र दबाबमा रहेका कर्जाहरूको पुनरुत्थानका लागि विशेष नीतिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले वित्तीय लागत घटाउन र सेवाको गुणस्तर बढाउन डिजिटलाइजेसनलाई जोड दिएको छ । व्यक्तिगत क्रेडिट स्कोरिङमा आधारित पियर टु पियर लेनदेन सञ्चालन गर्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने नीतिमा उल्लेख छ ।

तरलता व्यवस्थापनका लागि वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिने र भारतीय रूपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको ‘अङ्कुश’ का रूपमा यथावत् राखिएको छ ।

यदि मुद्रास्फीतिमा थप दबाब परेमा वा आर्थिक स्थायित्वमा चुनौती देखिएमा मौद्रिक नीतिको कार्यदिशा पुनरावलोकन गरिने र ब्याजदर कोरिडोरलाई क्रमशः साँघुरो बनाइने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

७ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फीति लक्ष्य

आगामी आर्थिक वर्षमा ५.५ प्रतिशतको सीमाभित्र मुद्रास्फीति कायम राख्ने लक्ष्य मौद्रिक नीतिले लिएको छ । 

हाल विश्व भू–राजनीतिक तनावका कारण आपूर्ति शृङ्खलामा अवरोध देखिए तापनि आगामी आर्थिक वर्षको चौथो त्रयमासदेखि मूल्य वृद्धिमा कमी आउने बैंकको प्रक्षेपण छ । यस्तै, कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी वैदेशिक विनिमय सञ्चिति कायम गर्ने लक्ष्य पनि मौद्रिक नीतिले लिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ४ : १६ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने