मधुमेहले यसरी पुर्‍याउछ आँखामा असर « Khabarhub

मधुमेहले यसरी पुर्‍याउछ आँखामा असर


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसार भर ४२ करोड ५० लाख मानिस मधुमेह बाट ग्रसित छन् । हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नु पर्ने हुन्छ ।

मधुमेहका कारण आँखामा पर्ने असरलाई चिकित्सकहरुले डायवेटिक रेटिनेप्याथी भन्ने गर्छन् ।

डायवेटिक रेटिनेप्याथी मधुमेहको जटिलता मध्य एक प्रमुख अवस्था हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिव सबै र दोश्रो प्रकारको मधुमेहमा करिव २ तिहाई विरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।

मधुमेहि विरामीमा आँखाको पर्दामा असर गरेपनि यसको लक्षण तत्कालै नदेखिन सक्छ ।

आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति वेला उपचार पश्चात पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुन्छ । मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना यहि डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । आँखामा मधुमेहले पार्ने असर बारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरु बताउँछन् ।

मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोप्याथी” सम्बन्धि जनचेतना जगाउनका लागि सन् २०१४ देखिनै विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोप्याथी दिवस” मनाउदै आएको छ । मधुमेह रोगको पहिचान हुनासाथ आँखा डाक्टरको सल्लाह अनुसर नियमित रुपमा आँखा परिक्षण प्रतिष्ठानका चिकित्सकको सुझाव ।

मधुमेहको कारण आँखामा हुने असरललाई रोक्न मधुमेह नै नियन्त्रण गर्नुपर्ने हुन्छ ।

मधुमेहको लक्षण

-खाना रुचेर पनि तौल घटदै जाने,

-पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने,

-मुख सुख्खा हुने, प्यास धेरै लाग्ने,

-भोक बढी लाग्ने तर दुव्लाउदै जाने,

-कमजोरी हुने र खुट्टाहरु झम्झमाउने,

-खुट्टाहरु पोल्ने,

-पिसावमा कमिलाहरु देखिने,

-घाउहरु छिटो निको नहुने,

कसरी बच्ने
-हरेक स्वस्थ मानिसले वर्षमा एक पटक मधुमेहको जाँच गराउने,

-मधुमेह विरामीले खानपान र जीवनशैलीमा गर्नुपर्ने सुधार गर्ने,

-सामान्य खानपान अपनाउनु राम्रो । क्यालोरी भएको चिज अर्थात भात, मैदा, -आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो ,

-व्यायम नियमित गर्ने। व्याडमिन्टन लगायतका अन्य खेल खेल्ने,

– दिनमा कम्तिमा आधा घण्टा हिड्ने,

–आँखा मुटु, मिर्गौला लगायतका अंगहरु वर्ष एकपटक परीक्षण गर्ने ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ३८ बजे

र्‍याकुन बोकेर स्वदेश फर्किए हालान्ड, स्वागतमा उर्लियो जनसागर

ओस्लो- विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको नर्वेली टोलीका स्टार फरवार्ड

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद्

हर्मुज जलघाँटीसम्बन्धी विधेयक इरानी संसद्‌मा दर्ता

एजेन्सी– हर्मुज जलघाँटीको नियन्त्रण र व्यवस्थापनलाई लिएर अमेरिका र इरानबीच तनाव

संसद्‍ झुल्किएको केही बेरमै बाटो लागे प्रधानमन्त्री बालेन (तस्बिरहरू)

काठमाडौं– आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएका

आधा घण्टा पनि नबसी संसद्‍बाट हिँडे बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका