पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द « Khabarhub

पेस्तोलसहित पक्राउ परेका नेता छुटाउन तरुण दलद्वारा नेपालगन्ज बन्द


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– पेस्तोलसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग ,शिक्षण संस्था, यातायात प्रभावित भएको छ ।

तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित पक्राउ परेका नेता कार्यकर्ता छुटाउनका लागि बन्दको आयोजना गरिएको तरुण दलले जनाएको छ ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

तरुण दलले उनीहरूलाई प्रहरीले फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको आरोप लगाएको छ ।

प्रहरीले एक रिसोर्टमा पार्किङ गरिएको निजी कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई पक्राउ गरेको थियो ।

उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको प्रहरीले बताउँदै आएको छ । तर तरुण दलका एक नेतालाई धम्कीदिएको अडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ४९ बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर