गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति « Khabarhub

गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार गेटा अस्पताल अब सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने भएको हो ।

यससँगै अस्पतालबाट विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका साथै चिकित्साशास्त्र अध्ययन–अध्यापन, अनुसन्धान तथा स्वास्थ्य जनशक्ति उत्पादनको आधार तयार हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको गेटा अस्पताल लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन । अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा विभिन्न चरणमा नीतिगत तयारी र निर्णय हुँदै आएको थियो ।

सरकारको स्वीकृतिसँगै अस्पतालको संस्थागत संरचना, शैक्षिक कार्यक्रम सञ्चालन तथा आवश्यक जनशक्ति व्यवस्थापनको प्रक्रिया अगाडि बढ्ने छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ११ : २६ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६