अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप « Khabarhub

अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको इरानको आरोप


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले संयुक्त राज्य अमेरिकाले गरेको भनिएको पछिल्लो सैन्य आक्रमणको कडा निन्दा गर्दै त्यसलाई संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र जुलाई महिनाका लागि सुरक्षा परिषद्का अध्यक्षलाई सम्बोधन गर्दै इरानका स्थायी प्रतिनिधि अमिर सइद इरवानीले पठाएको पत्रमा अमेरिकाले दक्षिणी इरानस्थित प्रतिष्ठानहरूमा पुनः ठूलो मात्रामा सैन्य आक्रमण गरेको उल्लेख गरिएको छ।

इरवानीले अमेरिकाका निरन्तर आक्रमणहरू संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २(४) र सम्बन्धित अन्तर्राष्ट्रिय कानुनी दायित्वको उल्लङ्घन भएको दाबी गरेका छन्।

उनले नागरिक संरचनालाई जानाजानी निशाना बनाइएको तथा इरानविरुद्ध सैन्य बलको निरन्तर प्रयोगले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको बताए।

पत्रमा अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी दायित्वको अवहेलना गरेको आरोप लगाउँदै गैरकानुनी रूपमा गरिएको सैन्य बल प्रयोगबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी अमेरिकाले नै वहन गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  २ : ५१ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु