कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य  « Khabarhub

कोटेश्वर-बालकुमारी सडकमा हरायो फुटपाथ, पैदलयात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य 


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित फुटपाथको अभाव देखिएको छ। फुटपाथ निर्माण गरिएका केही स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रु जोखिम मोलेर सडकको किनार हुँदै हिँड्न बाध्य भएका छन्।

यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म नियमित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि अचानक फुटपाथ अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको अवस्था छ। ती फलामका प्लेटहरू धेरै स्थानमा भासिएका छन् भने कतिपय ठाउँमा फलाम नै निस्किएको छ। जोखिम कम गर्न केही स्थानमा अस्थायी रूपमा बाँस टेकेर काम चलाइएको देखिन्छ।

स्थानीयका अनुसार भासिएको फलामका कारण कतिपय पैदलयात्रीको खुट्टा समेत फसेको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा रातिको समयमा हिँड्नेहरूका लागि यो अवस्था अझ जोखिमपूर्ण बनेको छ।

फलामका प्लेट कुनै पनि बेला भासिन सक्ने डरका कारण धेरै पैदलयात्री फुटपाथ छाडेर सडकको किनार हुँदै हिँडिरहेका देखिन्छन्। यसले तीव्र गतिमा गुड्ने सवारीसाधनसँग दुर्घटनाको जोखिम समेत बढाएको छ।

संघीय राजधानीकै व्यस्त सडकमा पैदलयात्रीका लागि सुरक्षित र निरन्तर फुटपाथको व्यवस्था नहुँदा दैनिक हजारौं सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ३ : ५२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको