हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ « Khabarhub

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा ठूलो पर्दामा देखिने भएका छन् ।

‘दले दाइ’को चरित्रबाट चर्चामा आएका कोइरालाको डेब्यू फिल्मको नाम ‘तिरिमिरी झ्याइँ’ हो । उनकै विज्ञता रहेको रहेको केमेडी जनरामा यो फिल्म बन्ने बताइएको छ ।

यस फिल्मको बिहीबार काठमाडौंको एक मन्दिरमा शुभ मुहूर्त गरिएको हो ।

फिल्ममा नायक धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाललगायतको अभिनय रहने बताइएको छ ।

निर्देशक समीरले यो फिल्म पूर्ण केमेडी रहेको बताए । उनले भने, ‘सुरुदेखि अन्त्यसम्मका दर्शक हँसाउने फिल्म हो ।’

उनका अनुसार फिल्मको सुटिङ असार २९ बाट सुरु हुनेछ ।

आभास अधिकारीको कथा तथा कन्सेप्टमा फिल्म बन्ने भएको हो । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन्।

अधिकारी कार्यकारी निर्माता पनि हुन् । राइजन मोसन पिक्चर्सको ब्यानरमा बन्ने यस फिल्मको निर्माता प्रद्युम्न बोगटी ‘प्रवीन’ हुन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ४ : २५ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल