अक्षय कुमार बनाउँदै हरर फिल्मको रिमेक, लिड रोलमा अनुष्का ! « Khabarhub

अक्षय कुमार बनाउँदै हरर फिल्मको रिमेक, लिड रोलमा अनुष्का !


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार यतिबेला बक्स अफिसमा छाइरहेका छन् । उनले यसै वर्ष ३ हिट फिल्म दिए । उनको यस वर्षको चौथो फिल्मको पनि चर्चा हुन थालेको छ ।

अब खबर आएको छ कि, उनले एक तेलुगु हिट फिल्मको रिमेक बनाउँदैछन् । जुन फिल्मलाई अक्षय आफैले निर्माण गर्नेछन् ।

भारतीय मिडियाले स्रोतको हवाला दिँदै फिल्ममा तेलुगु अभिनेत्री अनुष्का सेट्टीको पनि भूमिका रहने बताएका छन् । फिल्मको लिड रोलका लागि भूमि पेडनेकर र आर माधवन फाइनल भइसकेको जनाइएको छ ।

तेलुगु भर्सन निर्देशन गरेका अशोकले नै यो फिल्मको पनि निर्देशन गर्नेछन् । खबरका अनुसार फिल्ममा अक्षय कुमारले केमियो मात्र गर्नेछन् ।

भूमि र अक्षय कुमारले यसअघि ट्वाइलेट एक प्रेमकथा मा अभिनय गरेका थिए । अनुष्का सेट्टी फिल्म बाहुबलीमार्फत चर्चामा रहेकी थिइन् । उनी तेलुगु फिल्म उद्योगकी चर्चित अभिनेत्री हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : ४२ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट