इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार « Khabarhub

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ । भारतीय विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो । घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीय नागरिकमध्ये १० जनाको सकुशल उद्धार गरिएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ । अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ ।

बेलायती सामुद्रिक सुरक्षा निकाय ‘युकेएमटीओ’का अनुसार चालक दलका सदस्यले जहाज छोडेर लाइफबोटमा आश्रय लिएका थिए । उक्त घटना ओमानको तटबाट करिब १७ किलोमिटर पूर्वमा भएको बताइएको छ । यो घटना अमेरिकाको पछिल्लो सैन्य कारबाहीको प्रत्युत्तरस्वरूप इरानले होर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेको तथा खाडी क्षेत्रका विभिन्न स्थानतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखिरहेका बेला भएको हो ।

भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । मन्त्रालयले अन्तरराष्ट्रिय कानुनअनुसार क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र र निर्वाध आवागमन यथाशीघ्र पुनःस्थापना हुनुपर्नेमा जोड दिएको छ । इरान र अमेरिकाबीचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको अन्तरिम समझदारीलाई थप सङ्कटमा पारेको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ५७ बजे

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक