कान्ति लोकपथ अस्थायी रूपमा बन्द « Khabarhub

कान्ति लोकपथ अस्थायी रूपमा बन्द


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरका अनुसार आज बिहान ५ बजेदेखि भोलि बिहान ६ बजेसम्म मकवानपुर जिल्लासँगको समन्वयमा कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारीसाधन सञ्चालन पूर्ण रूपमा बन्द रहनेछ ।

कान्ति लोकपथको अधिकांश सडक खण्ड अत्यन्त जोखिमयुक्त रहेकाले यात्रु र सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयले विपद्जन्य घटनाबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सर्वसाधारण, यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

साथै, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ ।

कुनै विपद्जन्य घटना वा आपत्कालीन अवस्था सिर्जना भएमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ललितपुरको निःशुल्क नम्बर १२३४, सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय वा स्थानीय प्रशासनमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ९ : २६ बजे

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल

संसद्‍बाट चर्को आलोचना : नागरिक सीमा जोगाउन लडिरहँदा सरकार र सेना रमिता हेरेर बसे

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री

ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले

राष्ट्रियसभाको बैठक सुरू

काठमाडौं– राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ । सभाको बैठकमा एउटा

ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभाबी पार्किङ गरेका सवारी हटाउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू ड्युटीमा फर्किएका छन् ।  गणेश नेपालीको