जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद « Khabarhub

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ पाँच लाख बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म जमुनाहबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो । बरामद गरिएको भारतीय मुद्रा पाँच लाख आज भन्सार कार्यालय बाँकेमा बुझाउन लागिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल गुल्म जमुनाहले जनाएको छ ।

उनका अनुसार रिक्सामा सामान राखेर भारतबाट नेपाल ल्याउने क्रममा सामानभित्र सो रकम फेलापरेको तर कसको भनेर खुल्न नसकेको प्रहरी नायब उपरीक्षक तीर्थ न्यौपानेले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नं ५ विन्ध्यावासिनी बाहिनीमा डिआइजी दीपक अधिकारीले कमाण्ड सम्हालेयता सीमा क्षेत्रमा हुने अवैध गतिविधिविरुद्ध सुरक्षा निगरानी थप कडा बनाइएको छ । सीमा अपराध नियन्त्रण, अवैध तस्करी तथा गैरकानुनी कारोबार रोकथामका लागि सशस्त्र प्रहरी अझ आक्रामक रूपमा परिचालन भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

हाल जमुनाहनाकालगायत बाँकेका विभिन्न सीमावर्ती क्षेत्रमा चेकजाँचलाई तीव्रता दिइएको छ भने अवैध कारोबारमा संलग्न व्यक्तिमाथि निगरानी बढाइएको छ । 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १२ : ५५ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या