पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते « Khabarhub

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार कोहाट जिल्लाको लाची क्षेत्रअन्तर्गत मालगिन गाउँमा बाढीले घर क्षतिग्रस्त हुँदा त्यसमा रहेका २३ जना भग्नावशेषमा पुरिएका थिए।

कोहाट र काराक जिल्लाका उद्धार टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरी सबै पीडितलाई भग्नावशेषबाट निकालेर उपचारका लागि नजिकैको अस्पतालमा पुर्‍याएका छन्।

मृत्यु हुनेमा छ जना महिला र तीन जना बालबालिका रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

पाकिस्तानका विभिन्न क्षेत्रमा जारी मनसुनी वर्षाका कारण बाढी र डुबानको समस्या बढ्दै गएको छ। यसबाट पूर्वाधारमा क्षति पुगेको छ भने जनजीवन पनि प्रभावित बनेको छ।

यसअघि खैबर पख्तुनख्वा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले नदी तथा बाँधमा पानीको बहाव तीव्र रूपमा बढेकाले आगामी दुई दिनभित्र बाँधबाट थप पानी छोड्नुपर्ने अवस्था आउन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ०५ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले