पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते « Khabarhub

पाकिस्तानमा भारी वर्षा : घर भत्किँदा नौ जनाको मृत्यु, १४ घाइते


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

उद्धार अधिकारीहरूका अनुसार कोहाट जिल्लाको लाची क्षेत्रअन्तर्गत मालगिन गाउँमा बाढीले घर क्षतिग्रस्त हुँदा त्यसमा रहेका २३ जना भग्नावशेषमा पुरिएका थिए।

कोहाट र काराक जिल्लाका उद्धार टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरी सबै पीडितलाई भग्नावशेषबाट निकालेर उपचारका लागि नजिकैको अस्पतालमा पुर्‍याएका छन्।

मृत्यु हुनेमा छ जना महिला र तीन जना बालबालिका रहेका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

पाकिस्तानका विभिन्न क्षेत्रमा जारी मनसुनी वर्षाका कारण बाढी र डुबानको समस्या बढ्दै गएको छ। यसबाट पूर्वाधारमा क्षति पुगेको छ भने जनजीवन पनि प्रभावित बनेको छ।

यसअघि खैबर पख्तुनख्वा प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले नदी तथा बाँधमा पानीको बहाव तीव्र रूपमा बढेकाले आगामी दुई दिनभित्र बाँधबाट थप पानी छोड्नुपर्ने अवस्था आउन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ०५ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,