बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण « Khabarhub

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि गम्भीर भएर काम गरिरहेको जनाएको छ ।  

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमित हित संरक्षणका लागि प्राधिकरणमा प्राप्त उजुरी, गुनासो र समस्या समाधान गर्न छुटै युनिट नै खडा गरिएको भन्दै बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका लागि गम्भीर भएर काम गरिरहेको बताएकी हुन् ।

उनले २०७६ देखि हालसम्म धेरै मुद्दाहरू बाँकी रहेकाले पहिले दर्ता भएका क्रम अनुसार क्रमशः टुङ्ग्याउने योजना बनाएको जानकारी दिइन् ।

विगतमा बीमा समिति हुँदाको दरबन्दी र संरचनालाई नै प्राधिकरणमा रूपान्तरण गरिएकाले कर्मचारीको कमी रहेको उनले बताइन् । उनले बजारको आकार बढ्दै जाँदा चुनौती, समस्या र प्रतिस्पर्धा पनि बढेको भन्दै प्रतिस्पर्धामा हुने अस्वस्थ कार्यहरू प्राधिकरणका लागि नयाँ चुनौतीको रुपमा आएको उल्लेख गरिन् । 

बैठकमा समिति सदस्यहरूले बीमित हित संरक्षणमा प्रभावकारी काम गर्न प्राधिकरणलाई सुझाव दिएका थिए ।

समितिले प्राधिकरणको नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका साथै विस्तृत कार्यसम्पादन १० दिनभित्र बुझाउन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  १ : ४० बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा