पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् ।

सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७ः०० बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरे जानकारी दिए । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुईवटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।

इन्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सेतीदोभान पूर्ण रूपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो । 

राति १ः०० बजेसम्ममा गाडी सञ्चालन गर्न सक्नेगरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनुपरेको थियो । सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
 

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ४ : ३१ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले