स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी « Khabarhub

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी


३० असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो टोलेडोले स्वास्थ्य अवस्था गम्भीर रूपमा बिग्रिएको भन्दै मानवीय आधारमा माफी प्रदान गर्न सरकारसँग औपचारिक अनुरोध गरेका छन्।

टोलेडोका कानून व्यवसायी कार्लोस टोरेसका अनुसार उनको तर्फबाट माफीको निवेदन सोमबार सम्बन्धित निकायमा दर्ता गरिएको हो। उनले टोलेडोको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको र मानवीय आधारमा रिहाइ आवश्यक भएको बताए।

८१ वर्षीय टोलेडोले सरकारलाई बुझाएको निवेदनमा जेल जीवनका क्रममा आफ्नो स्वास्थ्य निरन्तर कमजोर बन्दै गएको उल्लेख गरेका छन् ।

 चिकित्सकहरूले जुनसुकै बेला हृदयघात वा मस्तिष्कघात हुन सक्ने चेतावनी दिएको दाबी गर्दै उहाँले स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मानवीय आधारमा रिहा गरिनुपर्ने माग गरेका हुन्।

सन् २००१ देखि २००६ सम्म पेरुको राष्ट्रपति रहनुभएका टोलेडोको माफीको निवेदन केइको फुजिमोरीले राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा करिब दुई साताअघि दर्ता भएको हो। केइको फुजिमोरी पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी छोरी हुन भने टोलेडो उनका प्रमुख राजनीतिक प्रतिस्पर्धीमध्ये एक मानिन्थे।

टोलेडोलाई सन् २०२४ मा ब्राजिलको निर्माण कम्पनी ओडेब्रेक्टसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार प्रकरणमा सार्वजनिक पूर्वाधार आयोजनाको ठेक्का दिलाइदिने बदलामा करोडौँ अमेरिकी डलर घुस लिएको अभियोगमा २० वर्षको जेल सजाय सुनाइएको थियो। त्यसपछि सोही प्रकरणसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) मुद्दामा पनि उनलाई थप सजाय सुनाइएको थियो।

प्रकाशित मिति : ३० असार २०८३, मंगलबार  ५ : १५ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका