काठमाडौं आइपुगे सचिन तेन्दुल्कर, शनिबार कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने « Khabarhub

काठमाडौं आइपुगे सचिन तेन्दुल्कर, शनिबार कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले काठमाडौंको कीर्तिपुर मैदानमा क्रिकेट खेल्ने भएका छन् ।

उनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा हुन लागेको मैत्रीपूर्ण क्रिकेट खेल्ने भएका हुन् । सो मैत्रीपूर्ण खेलका लागि सचिन शुक्रबार राति नेपाल आएका छन् ।

उनी युनिसेफको सद्भावना दूतको हैसियतमा नेपाल आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले शनिबार बिहान कीर्तिपुरस्थित टियु मैदानमा क्रिकेट खेल्दैछन्। खेल १० ओभरको हुनेछ ।

बालअधिकारका लागि आयोजना गरिएको मैत्रीपूर्ण खेलमा सचिनको टिमसँग नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमले खेल्नेछ ।

युनिसेफको आयोजनामा हुने उक्त खेल शनिबार विहान ९ बजे शुरु हुने युनिसेफले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ४५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको