इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित « Khabarhub

इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ ।

लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र रोहितले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी र डेल्भीन रुम्बिनोले एक एक गोल गरे ।

खेलको ७० औं मिनेटसम्म ३-३ गोलको बराबरी रहेको अवस्थामा रोहितले गोल गर्दै जकार्तालाई जित दिलाएका हुन् ।

जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २७ खेलमा ३४ अंक जोडेको छ । र, जकार्ता लिगको १२ औं स्थानमा छ ।

२७ खेलबाट २५ अंक जोडेको लामोनगान रेलिगेसन जोनमा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ०८ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा