इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह « Khabarhub

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले विभिन्न माग राखी गरिरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्टर्न चिकित्सकहरू अत्यधिक तनावका बाबजुद निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनीहरूलाई प्रदान गरिने स्टाइपेन्ड (भत्ता) मा समान तथा वैज्ञानिक आधार कायम हुन नसकेको जनाएको छ ।

विज्ञप्तिअनुसार इन्टर्न चिकित्सकहरूको भत्तामा एकरूपता कायम गर्ने विषयमा नेपाल सरकारले कार्यदल गठन गरी प्रतिवेदनसमेत तयार गरिसकेको भए पनि हालसम्म त्यसको औपचारिक निर्णय तथा कार्यान्वयन हुन नसकेकोमा संघले दुःख व्यक्त गरेको छ ।

नेपाल चिकित्सक संघले इन्टर्न चिकित्सकहरूले उठाएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । साथै चिकित्सकहरूको स्टाइपेन्डमा देशव्यापी एकरूपता कायम गर्न र यस सम्बन्धमा गठित कार्यदलको प्रतिवेदन शीघ्र कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ।

संघले इन्टर्न चिकित्सकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य क्षेत्रको गुणस्तरीय सेवा र चिकित्सकहरूको पेशागत सम्मान सुनिश्चित गर्न आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

नेपाल चिकित्सक संघका महासचिव डा। विश्वराज दवाडी र अध्यक्ष डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूको समस्याको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर बन्नुपर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ४ : १३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल