फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित « Khabarhub

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै तरकारी उत्पादन गर्दै परिवारको पोषण सुधार र आत्मनिर्भरताको यात्रामा अघि बढिरहेका छन् । 

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) अन्तर्गत सञ्चालित घरबारी पोषण बगैँचा कार्यक्रमले यहाँका १७ जना महिलालाई संगठित गर्दै उत्पादनमुखी र पोषणमैत्री जीवनशैली अपनाउन प्रेरित गरेको हो।

पहिले बजारमा निर्भर रहने महिलाहरू अहिले आफ्नै घरबारीमा मौसमी तथा पोषिलो तरकारी उत्पादन गर्न थालेका छन् । 

घरमा उत्पादन भएका ताजा तरकारीको नियमित प्रयोगसँगै रैथाने खाद्य परिकारलाई प्राथमिकता दिन थालिएको छ । प्रत्येक घरमा पोषणसम्बन्धी सन्देश, सन्तुलित आहारका जानकारीमूलक बोर्ड तथा तरकारी बगैँचाले कार्यक्रमको प्रभाव स्पष्ट देखिन्छ ।

फ्यानसेपले वैतेश्वर गाउँपालिकामा १० वटा समूहमार्फत साना योजनाको रुपमा एक समूह बराबर पाँच लाख रुपैयाँ बराबरको घरबारी पोषण बगैँचा विस्तार तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

सानो लगानी भए पनि कार्यक्रमले महिलामा आत्मविश्वास, उत्पादन क्षमता र पोषणप्रतिको चेतना उल्लेखनीय रूपमा बढाएको कार्की टोल स्थित उत्कृष्ट पोषण सुधार समूहकी सचिव मालती मिजारले बताइन ।

फ्यानसेपका पशुपालन उत्पादन विशेषज्ञ कृष्णबहादुर लामिछानेका अनुसार संस्थाले विगत दुई वर्षदेखि वैतेश्वर र मेलुङ गाउँपालिकामा कृषि, पशुपालन तथा पोषण सुधारको क्षेत्रमा  कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल वैतेश्वरमा ११६ वटा र मेलुङमा १०४ वटा समूहमार्फत विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् ।

अनुगमनबाट प्रभावकारी देखियो कार्यक्रम

कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि तथा पत्रकारहरूले दुवै गाउँपालिकामा स्थलगत अनुगमन गरेका थिए । 

अनुगमनका क्रममा घरबारी बगैँचा, पोषण सुधार तथा स्थानीय समुदायमा देखिएको व्यवहार परिवर्तनलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको सहभागीहरूले बताएका छन् ।

वैतेश्वर गाउँपालिकाका पोषण प्राविधिक शिवहरि सेढाईका अनुसार फ्यानसेपले वैतेश्वरमा कृषि तर्फ ४३, पशुपालन तर्फ ३७ र पोषण तर्फ ३६ गरी ११६ वटा समूहलाई साना तथा पूरक आयोजनामार्फत अनुदान प्रदान गर्दै आएको छ । 

त्यस्तै मेलुङ गाउँपालिकामा कृषि तर्फ ४३, पशुपालन तर्फ ३१ र पोषण तर्फ ३० गरी १०४ वटा समूहमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

स्थानीयस्तरमै उत्पादन, पोषण र स्वास्थ्यलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको घरबारी पोषण बगैँचा कार्यक्रम, गोठ सुधार तथा दुग्ध पदार्थको उत्पादन वृद्धि पशु तथा बाख्रा पालन कार्यक्रममा अनुदान मासुजन्य वस्तुको उत्पादन वृद्धि, उन्नत जातको कोसे तथा डाले घाँसको बिरुवा उत्पादन र तरकारी तथा रैथाने बाली प्रवर्धनमा ग्रामीण स्थरका कृषक तथा महिलालाई आत्मनिर्भर बनाउनुका साथै परिवारको खाद्य सुरक्षा र पोषण अवस्थामा समेत सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाले बताएका छन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ५७ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत